May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

भक्तपुरमा मनाइयो सिन्दुर जात्रा

  • 6
    Shares

भक्तपुर, हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा बिहिवार मनाइएको छ । सिन्दूर जात्रा बिस्केट जात्रा अन्तर्गतको एक जात्रा हो । जुन प्रत्येक वर्ष बिस्केट जात्राको अवसर पारेर ३२ खटको सिन्दुर जात्राका रुपमा मनाइने गरिन्छ ।

स्थानियका अनुसार देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने संस्कृतिक परम्परा रहिआएको छ । यस्तै जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर, फूल छर्केर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर (अबिर) दलेर नगर परिक्रमा गर्ने परम्परा छ ।

शीर्ष समाचार

धेरै पढिएको