May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

  • 8
    Shares

कास्की, गण्डकी प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस दर्ता भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका प्रदेश सांसदले बिहीबार संसद् सचिवालयमा साढे एक बजे अविश्वास प्रस्ताव दर्ता गराएका हुन ।

उक्त प्रस्तावमा २८ सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास प्रस्ताव तयार पारिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको