November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा २० वर्षीय चालकको मृत्यु

पूर्वपश्चिम, पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा २० वर्षीय चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका–११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको हो ।

काठमाडौंको गोदावरीस्थित मेक्ससिटी अस्पतालबाट इलाम बिरामी पुर्‍याएर फर्किने क्रममा बा२१च ७९८४ नंको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा ललितपुर गोदावरी नगरपालिका–७ बस्ने घिमिरेको मृत्यु भएको हो ।

एम्बुलेन्स दुर्घटना हुँदा उनीसँगै सवार सोही वडाका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते थिए । दुवैलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएको थियो ।

घिमिरेको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइते तामाङको विएण्डसीमै उपचार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको