
अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखरा महानगर पालिकामा मृतकको संख्या ६ पुगेको छ । ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएस पि सुवास हमाले सञ्चार माध्यमिक लाई जानकारी गराएका छन् ।राति करिब पौने ३ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घर पहिराेमा पर्दा घरमा सुतेका मध्ये ५ जनाको मृत्यु भएको छ ।
उनीहरुको शव संकलन भैसकेको डिएसपि हमालले बताए ।अन्य ७ जना घाइते छन् । उनीहरुको उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको छ । विहीबार थापाको घरमा जन्म दिन मनाउन जम्मा भएका थिए राती सुतको बेलामा घरमाथिबाट पहिरो खसेको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।





