May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

गण्डकीमा प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै

  • 2
    Shares
file photo

काठमाडौं, नेपाली कांग्रेस र माओवादी केन्द्रको पहलमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएको छ ।

कांग्रेस र माओवादी केन्द्रबीच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति अनुसार बिहिवार गढडकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव आउने भएको हो । सहमतिको पहिलो चरणमा गण्डकी प्रदेश सरकारविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ताको तयारी थालिएको छ ।

यस्तै राष्ट्रिय जनमोर्चाले हिजो समर्थन फिर्ताको घोषणा गरेपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेको छ । गण्डकीमा कांग्रेस र लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने सहमति दुवै पार्टीको शीर्ष तहमा बनिसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको