May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

देशवासीको नाममा प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सुरक्षा भत्ता वृद्धि हुन्छ

  • 12
    Shares

काठमाडौँ, वैशाख १ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने घोषणा गरेका छन् । आज (बुधबार) देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन्।

नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा भएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र उक्त क्रम जारी रहेको बताए ।

सम्बोधन क्रममा प्रधानमन्त्रीले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरेका छन् । साथै सामाजिक सुरक्षा भत्ता पनि बढ्ने प्रधानमन्त्रीको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको