May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

कम्तीमा एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

  • 7
    Shares
file photo

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

आज स्वास्थ्य पत्रकार मञ्च, नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको जानकारी दिएका हुन् ।
    
    

उनले भने, “शहरी क्षेत्रमा कम्तीमा एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने कि भन्ने तयारी छ । अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमी आउने देखिएको छ ।”

मन्त्री त्रिपाठीले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकाले डरलाग्दो रहेको बताए । उनले भने, “१८ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप विकास भएको छैन ।”
    

शीर्ष समाचार

धेरै पढिएको