May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

गोरखाको नाम्जुङमा ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु

  • 10
    Shares

गोरखा, गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

वडाध्यक्ष रामप्रसाद लामिछानेका अनुसार मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेका छन् ।

घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नम्बरको ट्र्याक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठक्कर दिँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिएका छन् ।

घटनास्थल विद्यालयबाट करिब १०० मिटरको दूरीमा रहेको उनको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै बङुकोट प्रहरी चौकीबाट गएको प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको