May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

आजको मौसम पुर्वानुमान: अपरान्हपछि मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

  • 2
    Shares

काठमाडौं, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ।

अहिले देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा र देशका धेरै स्थानहरूमा तुवाँलो लागिरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली हुने साथै बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमानको तथ्यांकमा उल्लेख छ ।

पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने देशका केहि भूभागमा तुवाँलोको असर रहने महाशाखाले जनाएको छ । त्यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शीर्ष समाचार

धेरै पढिएको