May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

दोलखाको बिगुमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ जना घाइते 

  • 2
    Shares

दोलखा, दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।  दोलखाका डिएसपी भेषराज रिजालका अनुसार गए राति साढे १० बजे भएको उक्त दुर्घटनामा परि अन्य १७ जना घाइते भएका छन् ।

दुर्घटनामा परि मृत्यु हुनेमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा छन् ।
चरिकोटबाट लादुक जाँदै गरेको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दुर्घटना भएको हो ।

घाइतेमध्ये हाल १० जनालाई काठमाडौं पठाइएको र ७ जनाको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको डिएसपी रिजालले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको