April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, नेपालमा सोमबार थप ५५९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३८ जना कोरोना निको भई डिस्चार्ज भएका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको