May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत निर्वाचित

  • 17
    Shares
file photo

काठमाडौं, शान्तिपूर्ण राजनीतिमा आएका डा.सीके राउत जनमत पार्टीको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा शनिबारबाट शुरु भएको महाविधेशनको मतपरिणाम आज बिहान आएको हो ।

पहिलोपटक भएको उक्त महाधिवेशनमा डा. राउत सर्वसम्मत अध्यक्ष भएका हुन् भने उनले २ हजार ३०२ मत प्राप्त गरेका थिए । यसैगरी महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र वसन्त कुशवाह निर्वाचित भएका छन् । महासचिवमा चन्दन सिंह निर्विरोध चयन भए ।

उपाध्यक्षद्वय खानले १८ सय ६७ र कुशवाहले ११ सय ५० मत प्राप्त गर्नुभएको छ । त्यस्तै महासचिव सिंहले १५ सय ७३ मत ल्याएका छन् । यस्तै केन्द्रीय सदस्यमा ८ जना महिलासहित २३ जना निर्वाचित भएका छन् । केन्द्रीय कार्यकारिणी समितिका लागि ४ हजार ५०० प्रतिनिधिले मतदान गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको