March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

बाँकेमा एकैदिन ४१ जनामा कोरोना संक्रमण

बाँके, बाँके जिल्लामा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढ्न थालेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार आइतबार ४० जना संक्रमित थपिएकोमा भने आज पनि ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ७८ जनाको पिसिआर परिक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।
उनका अनुसार बाँकेमा चैत महिनाको शुरुबाटै संक्रमितको संख्या बढ्दै गएपनि हाल आएर तीब्र गतिमा कोरोना फैलिरहेको पाईएको छ ।

फोकल पर्सन ओलीका अनुसार चैत महिनामा मात्र हालसम्म १९६ जना संक्रमित थपिएका छन् । संक्रमित भएकाहरु मध्ये भेरी अस्पतालको कोभिड वार्डमा ५४ जनाको उपचार भैरहेको अस्पतालले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको