May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

प्रदेश २ मा माओवादी केन्द्रका चार सांसद बर्खास्त

  • 8
    Shares

जनकपुर, नेकपा विभाजन भएसँगै नेकपा एमालेतिर लागेका प्रदेश २ का चार जना प्रदेश सांसदलाई नेकपा (माओवादी केन्द्र) ले बर्खास्त गरेको छ । माओवादी केन्द्रका सचेतक दिलीप साहका अनुसार आज चारैजना सांसदलाई बर्खास्त गरिएको पत्र सभामुख सरोज यादवलाई बुझाएको हो ।

माओवादीबाट निर्वाचित भएका चार जना प्रदेश सांसद दलमा नफर्किएपछि कारबाही गरिएको हो । माओवादी केन्द्रका प्रदेश २ का सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरलाई सांसदबाट बर्खास्त गरिएको पत्र दलले प्रदेशसभा सचिवालयमा बुझाएको छ ।


यसअघि चारैजना सांसदलाई माओवादी केन्द्रको केन्द्रीय समितीले सोधेका २४ घण्टे स्पष्टीकरणको जवाफ नदिएपछि आइतबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय भएको साहले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको