May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

  • 3
    Shares

काठमाडौं, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

यस्तै आजको बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको