
सिन्धुपाल्चोक – बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर मृत्यु भएका परिवारलाई तत्काल १ लाख रुपैयाँका दरले सहयोग गर्ने भएको छ ।
सिन्धुपाल्चोकमा बाढीले दुखद् घटना निम्त्याएको वताउँदै बागमती प्रदेशका उद्योग तथा बनमन्त्री अरुण नेपालले यस विपद् घडीमा प्रदेश सरकारले थोरै भनेपनि सहयोग स्वरुप मृतक परिवारलाई एक लाख रुपैयाँका दरले सहयोग गर्न लागेकाे हाम्रो कान्तिपुरका संवाददाता उमेश जंङ कार्की सँगकाे कुराकानीमा बताएका हुन् ।मन्त्री नेपाल आफै घटना स्थल पुगेर अबलोकन समेत गरिसकेका छन् ।

बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।
बागमती प्रदेशले १ लाख सहयोग गर्नेबारे विज्ञप्ति पनि निकालि सकेकाे छ ।पहिराे तथा बाढीग्रस्त क्षेत्रमा थप क्षति हुन नदिनका लागि भूसंरक्षणका कामहरु यथाशीघ्र थालनि गरिने छ । बाकी विज्ञप्तिमा उल्लेख छ ।







