April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि, १४१ जना डिस्चार्ज 

काठमाडौं, आइतबार नेपालमा थप ३०३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल मुलुकभर ८३ जना क्‍वारेन्टाइनमा र २ हजार ९ सय ६१ जना आइसोलेसनमा रहेका छन । पछिल्लो २४ घण्टामा १ सय ४१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमित निको भएका छन् ।

यस्तै गत २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको