May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

नागार्जुन जंगलको भीषण डढेलो निभाउन हेलिकप्टरबाट पानी

  • 64
    Shares

काठमाडौं, शिवपुरी नागार्जुन जंगलमा आज बिहानदेखि भीषण डढेलो लागेको छ । उक्त डढेलो निभाउन सेना, प्रहरी, महानगरपालिका र निकुञ्ज कर्मचारीहरु लगातार खटिएका छन् ।

जंगलको डढेलो निभाउन सेनाकाे दमकलका साथै हेलिकप्टरको प्रयोग गरिएको छ । सैनिक मुख्यालयका अनुसार सेनाका तीनवटा दमकल डढेलो नियन्त्रणका लागि पठाइएकाे र डढेलो लगभग नियन्त्रणमा रहेको छ ।

माथिल्लो जंगली भेगमा लागेको डढेलो नियन्त्रणमा आउन लागे पनि अहिले डढेलो फेंदतिर रहेका बस्तीतिर सरिरहेको स्थानीयले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको