May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

भारतबाट फर्किएका थप आठ जनामा कोरोना पुष्टि

  • 2
    Shares
file photo

बैतडी, बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका छन् । स्वास्थ्य कार्यालयका अनुसार हाल सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको