May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

भरतपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते

  • 5
    Shares

भरतपुर, भरतपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–१९ रामपुरमा आज बिहान भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नम्बरको म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् । तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । 

घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा हाल चार जनाको उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको