
सिन्धुपाल्चोक बाह्रबिसे – सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिका जम्बुमा बुधबार राति बाढी पहिरोमा परि ज्यान गुरमाएका परिवारलाई बाह्रबिसे नगरपालिकाले किरिया खर्च दिने भएको छ । जम्बु स्थित याल्माे खाेलामा ठुलाे बाढि र माथि खाेलाबाट पहिराे समेत अाउदा जम्बु बजारकाे बस्तिनै बगाएको छ ।
बस्तिकाे २१ घर तथा अन्य टहराहरु, पक्कि पुल समेत बगाएको छ । नगरपालिकाकाे अन्य वडा हरुमा पनि उक्त बाढिले क्षति पुर्याएकाे बताएको छ । उक्त घटनामा परि ज्यान गुमाउनेकाे परिवार लाई नगरपालिकाले किरिया खर्च स्वरुप १ लाख रुपैयाँ दिने विज्ञप्तिमा उल्लेख गरेकाे छ । गए राति आएकाे बाढीमा पछि जम्बु ,खाकदाल लगाएका सयौं घरपरिवार विस्थापित भएका छन् । विस्थापितहरुलाई सुरक्षित रुपमा साख्नकाे लागी नगरपालिकाले कार्य शुरु गरिसकेको , र सामान्य घाइतेहरु लाई नगरपालिकाले उपचार गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । बाकी विज्ञप्ति सहित






