May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

आवश्यक स्वास्थ्य सतर्कता अपनाउन सिसिएमसीको आग्रह

  • 1
    Share
file photo

काठमाडौं, कोरोना संक्रमणको दोस्रो लहर फैलन सक्ने भन्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले आग्रह गरेको छ ।

सिसिएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड सङ्क्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको हो ।

बैठकमा पछिल्लो सङ्क्रमणको स्थिति तथा तयारीको विषयमा छलफल गरिएको र आमरूपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बताएका छन् ।

यस्तै जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको