May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

नेपाल पत्रकार महासंघको चुनाव: पोख्रेल नेतृत्वको प्यानल २ हजार बढी मतले अगाडि 

  • 21
    Shares

काठमाडौं, अहिले नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ ।

हालसम्म मुलुकका विभिन्न ६० जिल्लाको मतपरिणाम आइसकेको निर्वाचन समितिका सदस्य रामहरि सिलवालले जानकारी दिएका छन् । उनका अनुसार अझै १६ जिल्लाका मतपरिणाम आउन बाँकी रहेको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मतगणना भइरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार, विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ । पोख्रेल नेतृत्वको प्यानल अर्का प्रतिस्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानलभन्दा २ हजार बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए ।

यस्तै, पछिल्लो मतपरिणामअनुसार,पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको सिलवालले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको