May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

संविधान मिच्ने सरकार हटाउनु आजको आवश्यकता हो: प्रचण्ड

  • 3
    Shares
file photo

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिच्ने सरकार हटाउनु आजको आवश्यकता भएको बताएका छन् ।

शनिबार काठमाडौँको बबरमहलमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्री को बन्ने भन्दा पनि सरकार संविधानप्रति इमान्दार र निष्ठावान हुनुपर्यो, संविधान मिच्ने सरकार हटाइदिनु पर्‍यो भन्ने आजको आवश्यकता हो ।’

यस्तै उमले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नचल्ने दावी गर्दै संविधान कुल्चने सरकारलाई अब धेरै समय नराख्ने बताए ।

उनले संविधानविरोधी सरकारविरुद्ध सामूहिक रुपमा आवाज उठाउन आग्रह समेत गरेका छन् । उनले सरकारले कर्मचारी संगठनलाई विकेन्द्रित बनाएर कमजोर बनाउने काम भएको बताए ।

‘यो सरकार अब धेरै दिन चल्दैन, नयाँ सरकार बनेपछि तपाईंहरुले उठाउने मागहरुलाई मेरो साथ सहयोग र समर्थन रहनेछ’, उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको