May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

टाेपबहादुर रायमाझी सहित चार मन्त्रीद्वारा सपथ ग्रहण

  • 57
    Shares

काठमाडौं, प्रधानमन्त्रीकाे शिफारिसमा आज नियुक्त भएका चार मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गाेपनीयताको शपथ ग्रहण गरेका छन् ।

शपथ लिनेमा मन्त्रीहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रहेका छन् । उनिहरुले साविकै मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

यस अघि नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएपछि उनिहरू मन्त्री पदबाट मुक्त भएका थिए । एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनिहरुलाई माओवादी केन्द्रले दलबाट निष्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निष्कासन गरेपछि सांसदबाट पदमुक्त हुने व्यवस्था रहेकाे छ ।

माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठकलाई जानकारी गराएपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो । बिहीबार सांसदबाट पदमुक्त भएका उहाँहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था रहेका छ ।

शीर्ष समाचार

धेरै पढिएको