April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

भारतीय प्रधानमन्त्री माेदिले लगाए दाेस्राे डाेजकाे काेराेना खाेप

  • 25
    Shares

नयाँ दिल्ली , भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो डोजको काेराेना खोप लगाएका छन् । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले खोप लगाएका हुन् । “मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् ।

प्रधानमन्त्री मोदीले पहिलो डोजकाे खाेप गत मार्च १ मा लगाएका थिए । भारतले कोरोना भाइरस विरुद्धको खोप ठूलो मात्रामा उत्पादन गरेर आफ्नो देशका जनतालाई लगाइदिएकाे छ । त्यसैगरी भारतले आफुले उत्पादन गरेकाे खाेप अन्य देशहरुलाई पनि निर्यात गरेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको