April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदकाे पदमुक्त

  • 45
    Shares

काठमाडौं, नेकपा माओवादी केन्द्रका चार जना मन्त्रीको सांसद पद गुमेको छ । बिहीबार बसेको सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार सांसद पदमुक्त भएको घोषणा गरेका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुनेछ । चारैजना सांसद मन्त्री छन् । प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको