
काठमाडौं – सरकारले काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चलाउन दिने भएको छ । यस्तै, अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले जेठ २८ र असार १२ मा गरिएका लकडाउनसम्बन्धि निर्णयहरुमा असार २३ मन्त्रिपरिषद्ले परिपूरक निर्णय गरेको बताए । पुराना निर्णयमा गरिएका केही प्रतिबन्धात्मक निर्णय यसले हटाएको हो । असार २२ का निर्णय राजपत्रको अतिरिक्तांकमा प्रकाशित गरिने पनि उनले बताए ।सरकारले तोकेको सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक सवारी चलाउन पाइनेछ ।
लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर एकबाट अर्को जिल्लामा चल्ने सार्वजनिक सवारीलाई भने चल्न दिइने छैन ।सार्वजनिक सवारी संचालकले पचास प्रतिशत बढी भाडा लिन पाउनेजिल्लाभित्र चल्ने सार्वजनिक सवारीमा भौतिक दूरी कायम राखेर मात्रै यात्रुहरु चढाउन पाइनेछ । ती सवारीमा सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न पाइनेछ । यस्तै, सवारी साधानको ढोकामा सेनिटाइजर अनिवार्य गरिएको छ भने मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको छ । चालक र सहचालकले अनिवार्यरुपमा मास्क र ग्लोब लगाउनु पर्नेछ ।आधामात्रै यात्रु चढाउन पाउने भएपछि सार्वजनिक सवारी संचालकले कायम भाडाभन्दा पचास प्रतिशतसम्म बढी भाडा उठाउन पाउने सरकारले निर्णय पनि गरेकाे छ





