April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

पार्टी कहिल्यै संकटमा नरहेको कांग्रेस सभापति देउवाको ठोकुवा

  • 12
    Shares

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नविन्द्रराज जोशीको निधनले पार्टीले एक सच्चा र पार्टी हाक्न सक्ने नेता गुमाएको बताएका छन् ।

आज स्वर्गीय नविन्द्रराज जोशीको १३ औ दिनको पुण्यतिथीका अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा रहँदा गरेको काम उदाहरणीय रहेको बताएका हुन् ।


फरक प्रसंगमा बोल्दै सभापति देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताए । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रममा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिल्यै संकटमा नरहेको ठोकुवा गरेका हुन् ।

उनले आफैले आफैलाई कमजोर नबनाउन पार्टीका नेता कार्यकर्तालाई आग्रह समेत गरे । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको