April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

प्युठानमा आगलागी हुँदा दुई बालिकाको मृत्यु

  • 8
    Shares

प्युठान, प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई बालिकाको ज्यान गएको छ । स्थानीय किशोर रानाका अनुसार बुधबार बिहान करिब ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा सात वर्षीय हिमाल राना र तीन वर्षीया चन्द्रकला रानाको ज्यान गएको हो ।

उनका अनुसार घरमा अभिभावक नभएको बेला आगलागी भएको थियो । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको