
काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या घट्दो, नयाँ संक्रमित १०८ जना मात्र थपिए काठमाडौं नेपालमा काेराेना संक्रमितकाे संख्या पछिल्लो समय घट्न थालेकाे छ पछिल्लो १ साता देखि देखि संक्रमितको संख्या घट्न थालेकाे छ । आज संक्रमित हुनेकाे संख्या १०८ जना मात्रै रहेकाे छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार चौबिस घण्टामा चार हजार ५८८ जनाको आर टी पीसीआर परीक्षण गरिएको छ ।
हालसम्म क्वारेन्टाइनमा रहेका बिरामीको संख्या २४ हजार ४२५ तथा आइसालेशनमा आठ हजार ६०५ जना बिरामी रहेका छन् । पछिल्लो चौबिस घण्टामा १३९ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् हालसम्म सात हजार ८९१ जना कोरोना मुक्त भएका छन् । नेपालमा ८ हजार ६४० जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
सबै सङ्क्रमित आइसोलेशनमा छन् ।दुई लाख ७१ हजार १४५ जनामा कोरोना सङ्क्रमण सम्बन्धी आरटी पीसीआर परीक्षण गरिएको छ । भने हालसम्म नेपालमा काेराेना संक्रमितको संख्या १६ हजार ५३१ जना पुगेकाे छ । आज मृत्यु संख्या थपिएको छैन हालसम्मकाे मृत्यु संख्या भने ३५ रहेकाे छ ।





