April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

थप २६० जनामा कोरोना संक्रमण पुष्टि, ११३ जना डिस्चार्ज

  • 12
    Shares

काठमाडौं, मंगलबार नेपालमा थप २६० कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय ४३ पीसीआर परीक्षण भएका छन् ।

गत २४ घण्टामा ११३ जना कोरोनाबाट मुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ ।


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ छ । त्यस्तै १ हजार ९ सय ७९ जना आइसोलेसनमा र ६९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको