April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्वास्थ्यमन्त्रीको दाबी

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् ।

आज राजधानीमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताएका हुन् ।

उनले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदम चाल्न सरकार तयार रहेको पनि बताए । लकडाउनले कोभिड– १९ नियन्त्रण गर्न कम हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको उनले स्पष्ट पारेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको