
सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका ५ जम्बुमा गए राति गएकाे बाढीपहिरोले गम्भीर घाइते भएका दुई जना बिरामीलाई हेलिकप्टरबाट राजधानी उपचार गर्न लगिएको छ ।गम्भीर दुई घाइते भएका बिमारीलाई हेलिकप्टरबाट काठमाडौं उपचारको लागि ल्याइएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काप्लेले दुई घाइतेलाई राजधानीको ह्याम्स अस्पतालमा पठाइएको जानकारी सञ्चार माध्यमलाई दिएका छन् ।सो घटनामा बेपत्ता हुनेहरुको पहिचान भएको छ । बेपत्ता हुनेहरुमा बाह्बिसे नगरपालिका ५ का भीमबहादुर वाईवा, चिनीमाया वाईवा, निमाडोल्मा, लक्ष्मण, सुनमाया, जनक वाईवा रहेका छन् । त्यस्तै सबिना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोक बहादुर तामाङ, युत्त बहादुर, सुवेश, सविता तामाङ रहेका छन् ।
अन्यको पहिचान नखुलेको र कार्य खोजी भईरहेको जनाइएको छ ।मृत्यु हुनेमा सोही ठेगानाका निकेश बस्नेत र उनकी तीन बर्षीया छोरी रहेको छ ।भोटेकोशी गाउँपालिका ५ का निमादोर्जे तामाङ, मञ्जु, पासाङनोर्बु र सहिल तामाङ रहेका छन् । बेपत्ता भएकाहरुलाई नेपाली सेना, प्रहरी र उद्धारकर्मीहरु बाट खोजी कार्य भईरहेको छ । यतिबेला उक्त स्थानमा सडक खण्ड पुण रुपले बन्द रहेकाे छ भने आवात जावतमा समेत निकै कठिन भएकाे पूर्वमन्त्री माेहन बहालुर बस्नेतले जानकारी गराएका छन् ।







