April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

थप २६६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

  • 16
    Shares

काठमाडौं, सोमबार नेपालमा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, २४ घण्टामा १०२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भाएका छन् । १ हजार ८ सय ३२ जना आइसोलेसनमा र ६४ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको