April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

जनताका बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ?: गोकुल बाँस्कोटा

file photo

काठमाडौं, नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विकास निर्माणका काम केहीको प्रेसर बढेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले विकास निर्माणका कामहरू देखेर कसैको प्रेसर बढेको भए त्यो अझै बढ्ने बताएका हुन् ।

उनले भने,’जनताले विकास चाहेका हुन् । आरोपमा मात्रै समय बर्बाद नगरौं । मेलम्चीको पानी आएको जनताले टुटी खोलेर पिउन थालिसके । विकास निर्माणका योजनाहरू देखेर काम अगाडि बढेको देखेर प्रेसर बढेको छ भने यो प्रेसर अझै बढ्नेवाला छ । ‘

उनले सरकार कामचलाउ नभएको पनि बताए । ‘सरकार कामचलाउ के भन्या ? कसरी हुन्छ कामचलाउ ? अहिले गठन भएको जगभित्र के छ ?,’ बाँस्कोटाले भने,’समर्थन आफू गर्ने फिर्ता लिन नसक्ने । अर्को सरकार बनाउनका निम्ति एकदलीय दुई दलीय तीन दलीय बनाउने भन्ने एजेन्डा प्रस्तुत गर्न नसक्ने अनि कसरी काम चलाउ भयो ? ‘

‘जनताका बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ?,’ उनले भने,’द्वन्द्वकालमा शाही शासनकालसँग छलफल गरेको अग्रगमन हो ?’

शीर्ष समाचार

धेरै पढिएको