April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

यहीँ अवस्था रहे एमालेको अन्तिम प्रधानमन्त्री ओली नै रहनेछन्: सांसद कडेल

file photo

काठमाडौं, नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री हुन सक्ने बताएका छन् । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यहीँ अवस्था रहेमा ओली एमालेबाट अन्तिम प्रधानमन्त्री हुने बताएका हुन् ।

२०७४ सालको निर्वाचनका बेला गोरखाको पालुङटारमा हालका प्रधानमन्त्री ओलीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने भनी दिएको अभिव्यक्ति स्मरण गर्दै सांसद कँडेलले यस्तो जवाफ दिनुभएको हो ।

उनले भने, ‘जुन शब्दमा गोरखामा उहाँले भन्नुभयो । त्यही शब्दमा भन्ने हो भने र यही अवस्था रहिरहेमा सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन् । त्यसपछि अगाडि बढ्न सक्दैन ।’

‘हिजो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विश्वासको मत लिएको हो । अदालतको आदेशबाट नेकपा विभाजन भएको हो भने केपी ओलीमा अलिकति पनि आफ्नो समर्थन छ भन्ने लाग्छ भने विश्वासको मत लिने कि नलिने ?’

शीर्ष समाचार

धेरै पढिएको