April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

विश्वको वायु प्रदूषित शहरहरूको सूचिमा काठमाडौं फेरि एक नम्बरमा

  • 51
    Shares

काठमाडौं, काठमाडौं फेरि पनि विश्वको वायु प्रदूषित शहरहरूको सूचिमा एक नम्बरमा परेको छ । यसअघि वर्षा भएर प्रदूषण हटेको केही दिनमै फेरि उपत्यकासहितका शहरहरुमा वायु प्रदूषण बढेको हो ।

वायु प्रदूषणबारे मापन गर्ने आइक्यू एयर डट कमको आज बिहान १० बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ ।

एआइक्यू एयरका अनुसार काठमाडौँको वायु प्रदूषण एक्यूआइ ३३१ पुगेको छ । सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । एक्यूआई ३ सयभन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

वातावरण विभागको मापनअनुसार बिहान ९ः४५ बजे भक्तपुरको एआइक्यू ३४०, धादिङको ३७२, भरतपुरको ३५७, सौराहाको ३०७ छ ।

काठमाडौंमा अहिले तुवाँले ढाकेको छ । घाम लाग्न सकेको छैन । काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको