April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

घाइतेको उपचारका लागि वनमन्त्री आलेद्वारा एक लाख सहयोग

  • 30
    Shares

काठमाडौं, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा धु्रवे नामक जङ्गली हात्तीको लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट एक लाख उपचार खर्च हस्तान्तरण गरेका छन् ।

निजी सचिव रविन ज्ञालनका अनुसार हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौँको ह्याम्स अस्पतालमा पुगेर उनले उक्त रकम प्रदान गरेको हुन् ।

श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले जानकारी दिए । उनले भने “गैँडा गणनामा हात्तीको आक्रमणबाट श्रेष्ठ जी घाइते भएका छन्, मैले पनि उपचारका लागि एक लाख सहयोग गरेको छु, उनको उपचारको सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने छ ।”

शीर्ष समाचार

धेरै पढिएको