April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

भोलि प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यक्रम

काठमाडौं, भोलि (सोमबार) प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । त्यसका लागि संसद् सचिवालयले आइतबार सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज सार्वजनिक गरेको सम्भावित कार्यसूचीअुनसार भोलिको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।


सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, २०७७ पेस गर्नेछन् ।

य्स्तै, राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


शीर्ष समाचार

धेरै पढिएको