April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

कोरोना संक्रमणबाट विदेशमा थप ४ नेपालीको मृत्यु

काठमाडौं, कोरोना संक्रमणबाट विदेशमा थप चार जना नेपालीको मृत्यु भएको छ । यो साता कतारमा तीन जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाले बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोना संक्रमणका कारण शनिवार साँझसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको निधन भएको छ ।

संयोजक डा. सापकोटाका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।
हालसम्म ५४ देशमा ६५ हजार २ सय ८७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको