April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनवाई वैशाख ३ गते हुने

  • 7
    Shares

काठमाडौं, सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनवाई आगामी वैशाख ३ गते हुुने भएको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार सङ्घीय संसद् संसदीय सुनवाई समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुडाल र नहकुुल सुवेदीलाई सुनवाईका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको हो ।

समितिको आज बसेको बैठकले उनीहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुुरीकर्तालाई बोलाएर जानकारी माग गरेको छ । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए ।

चुडालविरुद्धको उजुुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताएका छन् । प्रस्तावित न्यायाधीश सुुवेदीविरुद्धका पाँचमध्ये चार जना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुुराबारे बैठकलाई ध्यानाकर्षण गराए ।

शीर्ष समाचार

धेरै पढिएको