April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

प्रतिनिधि सदस्यमा जानकीदेवीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

  • 1
    Share

काठमाडौं, एमाले नेता जानकीदेवी रामले संघीय सांसदका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण लिएकी छन् ।

आज सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा समावेशी समूह दलितबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा सिरहाकी जानकीदेवी रामलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।


एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सानु शिवाको निधनका कारण रिक्त रहेको समावेशी समूह दलितबाट समानुपातिकतर्फको सांसदमा जानकीदेवी रामलाई मनोनयन गर्न निर्वाचन आयोगमा सिफारिस गरेका थिए ।



शीर्ष समाचार

धेरै पढिएको