April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

पौडी खेल्ने क्रममा डुबेर १७ वर्षीय युवाको मृत्यु

  • 20
    Shares
सांकेतिक तस्वीर

डोटी, डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डुबेर मृत्यु भएको हो ।

शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको