April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

थप १२८ जनामा कोरोना संक्रमण पुष्टि, १६१ जना डिस्चार्ज

  • 13
    Shares

काठमाडौं, शनिबार नेपालमा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२७ जनामा पीसीआर परीक्षण गर्दा १ सय २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १६१ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ७३ हजार १२३ जना उपचारपछि निको भई डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिले निको भएको दर ९८.३ प्रतिशत रहेको छ । गत २४ घन्टामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको