April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको छ, अब छिट्टै नयाँ सरकार बन्छ: प्रचण्ड

  • 12
    Shares

कपिलवस्तु, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब छिट्टै नयाँ सरकार बन्ने बताएका छन् । आज कपिलवस्तुमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

कपिलवस्तुमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई तौलिहवामा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको भन्दै छिट्टै नयाँ सरकार बन्ने बताएका हुन् ।

प्रचण्डले भने, ‘कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको छ । म तपाईं सबैलाई बधाई भन्न चाहन्छु । अब छिट्टै नयाँ सरकार बन्छ । नयाँ परिस्थिति बन्नेछ। ’

उनले शुक्रबारबाट काठमाडौंको राजनीतिक घटनाक्रम फेरिएको दाबी गरेका हुन् । उनले काठमाडौं फर्किएर नयाँ सरकार गठनका विषयमा भनिभूत छलफल गर्ने दाबीसमेत गरेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको