April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागिपरेको छ: पर्यटनमन्त्री ढकाल

  • 3
    Shares
file photo

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीहरुको भावना अनुरुप पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागिपरेको बताएका छन् ।

शनिबार होटल संघ नेपालको ४७ औं वार्षिक साधारणसभाको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार गम्भिर रहेको बताएका हुन् ।

सरकारले होटल व्यवसायी आफैले बनाएको स्वास्थ्य मापदण्डलाई मन्त्रिपरिषद्बाट पारित गराई यस क्षेत्रलाई चलायमान बनाउन सहयोगी बनेको पनि बताए ।

पर्यटन क्षेत्रको विकासका लागि आगामी नीति तथा कार्यक्रमबाट सम्बोधन गरिने बताउँदै के कस्ता कार्यक्रम समावेश गर्नुपर्छ सुझाव दिन व्यवसायीहरुसँग आग्रह गरे । मन्त्री ढकालले व्यवसायीको सुझाव अनुसार नै कार्यक्रमहरु ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।

शीर्ष समाचार

धेरै पढिएको