April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

अनुकुल अंकगणितबिना देश अगाडि जानै सक्दैन: प्रधानमन्त्री ओली

  • 12
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले अनुकुल अंकगणितबिना देश अगाडि जान नसक्ने बताएका छन् । शनिबार बालुवाटारमा आयोजित रणनीतिक सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै लोकतन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भएको बताएका हुन् ।

उन्ले भने, ‘यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गदैन भने देशको आवश्यकता, जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंक गणित भन्दा माथिको कुरा हो’, उनले भने, ‘देशको आवश्यकता, जनताको आकांक्षा, अंकगणितको लागि छाड्ने कि देश र जनताको आवश्यकताका लागि अंक गणित परिवर्तन गर्ने ?’

यो कुरा जनताले फैसला गर्ने विषय भएकाले जनतामा जानै पर्ने उनको भनाइ छ । उनले भने, ‘हामीले गरेको विघटन त्यही अर्थमा हो । कसैको स्वार्थमा ठेस लागोस्– नलागोस्,  राष्ट्रिय आवश्यकतासँग तादम्यता राखेन, राख्न कोशिस गर्दा भएन । मेरो विचारमा ढिलोचाँडो जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी र अनुकुल अंकगणितबिना देश अगाडि स्मुथली जानै सक्दैन ।’

उनले वर्तमान सरकारलाई मन नपराउनेहरुले अनावश्यक भ्रम फैलाएको आरोपसमेत पनि लगाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको