भारतबाट फर्किएका २४ जनाको एन्टीजेन परीक्षण नतिजा पोजिटिभ

कञ्चनपुर, पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजिटिभ देखिएको छ ।सीमा क्षेत्रका हेल्थ डेस्कमा गरिएको परीक्षणमा उनीहरुको नतिजा पोजिटिभ आएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली ७०० र भारतीय १९७ मध्ये ६२३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजिटिभ आएको छ ।
यसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८२३ मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजिटिभ आएको छ ।
प्रतिकृया दिनुहोस्