April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

हात्तीको आक्रमणबाट घाइते भएकाहरुको उपचारमा कुनै कसर बाँकी नराख्न वनमन्त्रीको निर्देशन

file photo

काठमाडौं, चितवनको गैंडा गणनामा ध्रुवे नाम गरेको जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएका कर्मचारी तथा गणकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएका छन् ।

शनिबार वनमन्त्री आलेले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख डा दीपककुमार खराललाई भेटगरी घाइते भएका कर्मचारीको उपचारमा कुनै पनि समस्या आउन नदिनका लागि पहल चाल्न निर्देशन दिएका हुन ।

उनले गैँडा गणना कार्यमा निकै सजगता अपनाउनसमेत सबैमा आग्रह गरेका छन् । यसअघि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएको टोलीलाई जङ्गली हात्तीले शुक्रबार लखेटेपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको